२०८२ असोज २६ नेपाल । निर्वाचन आयोग नेपालले निर्वाचन कार्यलयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन अनुरोध गरेको छ् ।

´संवत् २०८२ साल कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि: https://applyvr.election.gov.np/ बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ, जावलाखेल स्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिन्छ` । निर्वाचन आयोग द्वारा जारी सूचनामा भनिएको छ् । (क्रान्ति)