२०८२ असोज २४ काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरू सँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले र गृहमन्त्रीले आदेश गरेको गोलि हानेर जेनजी आन्दोलन दमन गरेको भनेर विभिन्न चर्चाहरू उठिरहेका छन् । त्यो आन्दोलनमा प्रधानमन्त्री र गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन भन्ने कुरा लेखकले बताएका छन् । यस्तो बताएपछि एक संचारकर्मिले सोधे गोलि कस्ले हान्यो त भन्दा कुनै जवाफ दिएनन् ।
भदौ २४ गते तोडफोड आगजनी गरेर देशभर विध्वंस मच्काउने जेनजीले गरेको नभई घुसपैठ भएर कुनै अपराधी समुहले गरेका हुन यसको सत्यतथ्य बास्तबिकता अबस्य सार्वजनिक हुनेछ लेखकले बताएका छन् ।
यद्यपि जेनजी आन्दोलनमा प्रधानमन्त्री र गृहमन्त्रीले प्रत्यक्ष रुपमा गोलि नहानेपनि गृहमन्त्रालय र गृहमन्त्रीको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहने सिडिओको आदेसमा आन्दोलनकारी माथी प्रहरीले गोलि हानेको बिषयमा दुईमत हुन सक्दैन । (क्रान्ति)