२०८२ असोज २४ काठमाडौं । ´प्रहरी प्रधान कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सामाजिक संजाल र विभिन्न मिडियामा सार्वजनिक भएका प्रहरी आईजिपी खापुङ्गले राजीनामाको चेतावनी दिए भन्ने शिर्षकका सवै समाचार कपोलकल्पित झुट र भ्रामक रहेको प्रहरी आईजिपी चन्द्र कुवेर खापुङ्गको प्रष्टीकरण रहेको बिज्ञप्ति जारी गरेको छ् ।

´केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले “पूर्व प्रधानमन्त्री के.पि. शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु” भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ् । प्रहरी महानिरीक्षक सचिवालय द्वारा जारी बिज्ञप्तिमा भनिएको छ् । (क्रान्ति)