२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार सँग आपती जनाएका छन् ।

आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उत्ताउलो भएको र धेरै उत्ताउलो नबन्न चेतावनी समेत दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल ठट्टा गरेर उत्ताउलो बने गृहमन्त्री अर्यालले गम्भीर क्षेती ब्यहोर्नु पर्ने चेतावनी समेत दिएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको, पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डर र धम्किले केपी ओली भाग्दैन, अहिलेको गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र धेरै चमकचुमुक गरेर नचम्किन सुझाव दिन चाहन्छु ।

ओलि भने आफू देशको स्वाभिमान र नेपाली नागरिकको हकहितका लागि बलिदान दिन तयार रहेकाले एमाले पार्टीलाई ख्याल ठट्टा गरेर नजिस्क्याउन समेत चेतावनी दिए।

उनले भने ‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन, जनताको हकहित र न्यायको लागि लडेका हौं फेरी पनि लडछौ बलिदान दिन तयार छौं ’ ।(क्रान्ति)