२०८२ असोज २३ काठमाडौं ।ने.क.पा. (माओवादी केन्द्र)ले आगामी फागुनमा हुन गैईरहेको निर्वाचन बारे
मतदाताहरूको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न, विवाह भएका र बसाइँ सराई गरेकाहरुले मतदान केन्द्र परिवर्तन गर्नु परेको अवस्थामा नागरिकहरुलाई सहयोग गर्न गराउन परिपत्र जारी गरेको छ् । परिपत्रमा भनिएको छ् :

´आगामी निर्वाचनका कार्यक्रमहरूलाई ध्यानमा राख्दै सम्पूर्ण पार्टी पङ्त्तीले आ-आफ्नो जिल्ला निर्वाचन कार्यालयहरुमा आउँदो कार्तिक ३० गतेसम्म १६ वर्ष उमेर पुग्ने मतदाताहरूको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न, विवाह भई मतदान केन्द्र परिवर्तन गर्नु परेमा, बसाई सराई गरेका मतदाताले मतदान केन्द्र परिवर्तन गर्नु परेमा र नाम तथा अन्य विवरणमा त्रुटि भए सच्याउने लगायतका विवरणहरू अद्यावधिक गर्न गराउन विशेष पहल गर्नुहुन यो परिपत्र जारी गरिएको छ् ` । (क्रान्ति)