२०८२ असोज १९ काठमाडौं । “नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल कलेजमा विद्यार्थीले अध्यन गरेर शैक्षिक प्रमाणपत्र प्राप्त गरे पनि भबिस्यमा के काम गरेर जिविका चलाउने भन्ने बारे विद्यार्थी अन्योल र रनभुल्लमा परेको स्पष्ट देखिन्छ । शिक्षा दिने शैक्षिक प्रतिष्ठानले यो बिषयमा स्पष्ट पार्न सकेको देखिन्न। आखिर किन यस्तो भैईरहेको छ् “? देश चलाउनेहरु, शैक्षिक प्रतिष्ठानहरु र शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई शिपमुलक, उत्पादनमुलक, ब्यबहारिक बैज्ञानिक शिक्षा दिनुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै थाहा नपाएको जसरी बसेको कारण यस्तो भएको पाईन्छ” ।

“आज कति ठाउँका स्कुलमा विद्यार्थी नगएपछी सरकारी स्कुल गाभ्ने काम भैईरहेको छ। भने त्यही ठाउँमा रहेका बोर्डिङ स्कुलमा विद्यार्थी भरिभराउ देखिन्छन् र महँगो शुल्क तिरेर निजि बोर्डिङ स्कुलमा आफ्ना बाल बच्चा अभिभावकहरुले पढाईरहेका छन् । आफ्नो बालबच्चा आफुखुसी आफुले चाहेको जुनसुकै पाठसालामा पढाउन पाउने आम नागरिक अभिभावकको अधिकार् नेपालको संविधानले दिएको छ्” ।

“सरकारी स्कुलमा पढाउने शिक्षक लोकसेवा पास गरेर शिक्षकमा नियुक्त भएका हुन्छन् । सरकारले सरकारी शिक्षकका छ सात जना परिवारलाई खाना लाउन पुग्ने तलव दिएकै छ र भबिस्यमा पेन्सन समेत पाउने व्यवस्था गरेको छ् । कुनै महाअपराध नलागे सम्म सरकारी शिक्षकलाई जागिरबाट हटाउन कोहि कसैले सक्दैनन् । तैपनि सरकारी स्कुलमा शिक्षाको गुणस्तर कमजोर किन हुन्छ ? कारण हुनस्क्छ: सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए भने ठुला शिक्षा ब्यापारीहरुले संचालन गरेका नेपालमा संचालित निजि बोर्डिङ स्कुल कलेज सवै बन्द हुनेछन्।

“अर्कोतिर निजि बोर्डिङ स्कुलमा पढाउने शिक्षकले नत लोकसेवा दिएका हुन्छन् , नत लोकसेवा पासनै गरेका हुन्छन् । उस्तै परे लोकसेवा परिक्षा दिदा दिदा फेल भएर जिवीका धान्न बोर्डिङ स्कुल पढाउन आएका हुन्छन् । निजि बोर्डिङ स्कुलमा पढाउने शिक्षकले खाना लाउन पुग्ने तलव बोर्डिङ स्कुलबाट पाएका हुँदैन । उनीहरुलाई जागिरबाट स्कुल संचालकले जतिसुकै बेला हटाईदिन सक्छन् । तैपनि उनिहरुले पढाउने गरेको निजि बोर्डिङ स्कुलको शिक्षाको गुणस्तर समग्रमा राम्रो पाईन्छ किन ? कारण हुनसक्छ सरकारी स्कुलका विद्यार्थी भन्दा आफ्नो निजि बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीलाई राम्रो बनाउनु पर्छ भन्ने भावना बोकेर निजि बोर्डिङ स्कुल संचालक र शिक्षकले गरेको श्रम मिहिनेत हुनुपर्छ ” ।

“नेपालका सरकारी स्कुल कलेजमा करिबकरिब शिक्षा निशुल्क जस्तै छ तर कति सरकारी स्कुल रित्ता छन। आखिर किन यस्तो भैईरहेको छ ? कारण हुनसक्छ: जिम्मेवार ब्यक्ति समूहले जानीजानी सरकारी स्कुल कलेजको शिक्षाको गुणस्तर कमजोर बनाईदिने र शिक्षाको गुणस्तर नराम्रो भए पछी जहाँ राम्रो शिक्षा हुन्छ त्यतै अभिभावकले आफ्ना बालबच्चा पढाउनेछन भन्ने भावना बिचार र शासकहरुको बैकल्पित कमाउने धन्दा हुनुपर्छ “।

“निशुल्क शिक्षा अभियान सफल पार्न गुणस्तरीय शिक्षामा जोड दिऔं भन्ने बिषय सरकारलाई सवै कुरा राम्रोसँग थाहा छ तर शासकहरु बुझपचाएर कस्ले के गर्न सक्छ गर भनेर बसेको पाईन्छ”।

“निशुल्क शिक्षा अभियान सफल पार्न गुणस्तरीय शिक्षामा जोड दिऔं” “सरकारले गुणस्तरीय शिक्षा दिए नेपालबाट बिदेशीने अर्वौ पैसा बचत हुनेछ ” “सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए विद्यार्थी बिदेश पढाउने बहानामा हुने लुटतन्त्र सकिने छ” “सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए ठुला बढाको अकुत कमाउ धन्दा समाप्त हुनेछ” “सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए निजि बोर्डिङ स्कुल कलेज सवै बन्द हुनेछन् ”

“नेपालमा निशुल्क स्वास्थ्य सेवा दिन स्वास्थ्य बिमा लागू गरे भैइहाल्छ । निशुल्क शिक्षा सेवा दिन सरकारी स्कुल कलेको संख्या क्रमशः बढाउदै सरकारी स्कुल कलेजको शिक्षाको गुणस्तर राम्रो बनाए भैईहाल्छ” । (क्रान्ति)