२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले जेनजीका क्रममा भएका आगजनी तोडफोड लुटपाट बाट भएको भौत्तीक क्षेती तथा पुननिर्माण गर्न र घाईते अपांग परिवारलाई राहत तथा उद्दार गर्न भन्दै रकम जम्मा गर्ने आधिकारिक बैंक खाता नम्बर सहित अनुरोध गरेको छ। नेपाल सरकार अर्थमन्त्रालय ले जारी गरेको सूचना पत्रमा भनिएको छ”
´आन्दोलन सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको जानकारी प्राप्त भएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। समानान्तर र अपारदर्शी ढङ्गले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिवद्ध रहेको छ।
नेपाल सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरूत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आव्हान गरेको व्यहोरा सबैमा विदितै छ। अतः स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनवाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न देहाय अनुसार कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउन हुन अनुरोध छ।
यस कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेन-जी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरू समेतको सहभागितामा समुचित उपयोग गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।`
योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणः-
खाताको नामः भौतिक पूर्वाधार पुनर्निर्माण कोष
(PHYSICAL INFRASTRUCTURE RECONSTRUCTION FUND)
बैङ्कको नामः – राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार, काठमाडौं।
खाता नं.- 1960100102070004
SWIFT CODE: RBBANPKА(क्रान्ति)