२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकर सिंहदरवार, काठमाडौंले आज एक सूचना सार्वजनिक गर्दै लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सूचना जारी गरेको छ। सूचनामा भनिएको छ् ।
´जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८-२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने संभावना रहेको छ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवं त्यसवाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/वाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ ।
उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक वाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/वाहिरिने सवारी साधन नचलाउन, सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ ।
लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/वाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकवाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन संचार माध्यम, सामाजिक संजाल लगायतबाट प्राप्त गर्नु हुन समेत सूचित गरिन्छ`।(क्रान्ति)