२०८२ असोज १६ काठमाडौं । नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैंको टीका लगाउने शुभ साइत २०८२ साल असोज १६ गते बिहान ११.५३ बजे जुराएको छ।
बडा दशै वि.सं. २०८२, सालको बडादशैं सँग सम्बन्धित साइतहरू निम्न लिखित रहेको सार्वजनिक गरेको छ । वि.सं. २०८२ साल असोज ६ गते सोमवार नवरात्रारम्भ, घटस्थापना बिहान ९।१३ बजे, वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९।५३ बजे (पूर्व मोहडा), वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा, वि.सं. २०८२ साल असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७।१७ बजे स्थिरासन बिहान ९।२३ बजे, वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि, वि.सं. २०८२ साल असोज १५ गते बुधवार- महानवमी, वि.सं. २०८२ साल असोज १६ गते बिहीवार विजया दशमी, देवी विसर्जन, बिहान ९।२३ बजे , टीका बिहान ११।५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) श्री तुलजाभवानी यात्रा, दिवा १२।१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा, वि.सं. २०८२ साल असोज २० गते सोमवार अखिलबलिपूर्ति, वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमान्व्रत । (क्रान्ति)