२०८२ असोज १५ काठमाडौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको क्रममा नेपालको राजधानी सिंहदरबारको छेउ र नेपाली सेनाको हेडक्वाटर अगाडि रहेको सर्वोच्च अदालत भित्र रहेका कागजपत्र करिबकरिब पुर्ण रुपले जलेर खरानीमा परिणत भयो। सर्वोच्च अदालत सेना पुलिसले जोगाउन सकेन।
करिबकरिब पुर्ण रुपले जलेको सर्वोच्च अदालतले खरानीमाथि उठेर जनताको न्याय पाउने तृष्णा अपेक्षालाई कानुन र न्यायको रोहबाट तर्कसंगत रुपमा न्याय प्रदान गर्न हरदम प्रयासरत गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री नृपध्वज निरौला द्वारा मिति: २०८२ असोज १४ मुद्दा न. ०८२-WH-००७६ वन्दीप्रत्यक्षीकरण मुद्दामा प्रतिवादीको माग दावी बमोजिम आदेश जारी गरेका छन् । (क्रान्ति)