२०८२ असोज १५ काठमाडौ । नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिन बाट देशव्यापी रूपमा सुरु भएको नेपाल सरकार विरुद्धको प्रदर्शनी र झडपहरूको शृङ्खलाबद्ध घटनाहरू हुन् ।जसमा जेनजी पुस्ताका नेपाली नागरिकहरूको प्रमुख भूमिका रहेको थियो। सत्ता पक्ष तथा सत्तामा रहँदा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स-ट्विटर, युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि आन्दोलन देशव्यापी रूपमा सुरु भएको थियो। आन्दोलनमा आगजनी तोडफोड लुटपाट हुदा खर्वौको क्षेती भएको छ।
जेनजी आन्दोलनले केपि ओलि नेतृत्वको एमाले काङ्ग्रेसको संयुक्त सरकारलाई बिस्तापित गराएर नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुर्व प्रधानन्यायाधीश सुसिला कार्किको नेतृत्वमा ६ महिने चुनावी सरकार गठन गर्न सफल भयो। र देश भर भड्किएको आगजनी तोडफोड लुटपाटको घट्ना सान्त हुन पुग्यो।
अर्कोतिर नेपालको राजधानी सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत सिडिओ अफिस र सिंहदरबार वरिपरिका कार्यलय जलिरहदा काठमाडौ महानगरपालिकाले आगो निभाउन दम्कल तुरुन्तै किन पठाएन? काठमाडौ महानगर भित्र कुनै पनि ठाउँमा आगो लागेर बलिरहेको आगो निभाउन तुरुन्तै दम्कल पठाउनु काठमाडौंका मेयरको काम कर्तव्य हो कि होईन ? भन्ने कुरा अनुसन्धानको बिषय भएको छ।
काठमाडौबाट सुरु भएको जेनजी समुहको सान्तिपुर्ण कार्यक्रममा विभिन्न स्वार्थी समूह प्रवेस गरेर आन्दोलन उत्तेजित बनाएर तोडफोड आगजनी गरेर देसभर विध्वंस मच्चकाएको जेनजी आन्दोलनको नेत्ता भनिनेहरुले बताउने गरेको पाईन्छ। जेनजी आन्दोलनको आधिकारिक नेत्ता को हो ? अझ सम्म स्पष्ट हुन सकेको पाईन्न ।
नेपालमा जेनजी आन्दोलन भड्किनुको कारण जेनजी समूहले गरेको प्रदर्शन उग्र हुँदै गएपछि राज्य पक्षले आन्दोलन नियन्त्रण गर्ने क्रममा आन्दोलनकारी माथी प्रहार गरेको गोलि आन्दोलनमा संलग्न कलिला नेपाली नागरिक र विद्यार्थी माथी गोलि लागेर १९ जना भन्दा धेरै नेपाली नागरिक एकैदिन दुई तीन घण्टा भित्र मरेपछि आम नेपाली जनमानसमा पैदा भएको आवेग, उत्तेजना र बदलाको भावननै हो भने अर्को कारण जेनजी आन्दोलनबाट सृजना भएको घट्ना घटनापूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु पनि एक हो ।
जेनजी आन्दोलन बाट सुसिला कार्कि प्रधानमन्त्री र केही ब्यक्तिलाई मन्त्री बने, सुसिला कार्किको नेतृत्वको सरकारले आगामी फागुनमा संसदिय दलको चुनाव गराउदैछ, आगामी चुनावमा पुरानै राजनीतिक दल र केही नयाँ दल चुनाव जितेर फेरि राष्ट्रपति, प्रधानमन्त्री मन्त्री बन्ने करिबकरिब निश्चित जस्तै देखिन्छ। के अब बन्ने सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र नागरिक नागरिक बीचको समधुर सम्बन्ध कायम राख्छ ? देस भित्र उत्पादन बढाउन सक्छ?, उत्पादन भएको बस्तुको सहजै ढंगले बितरण र धेरै उत्पादन भएको बस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा बजारिकरण गर्न सक्छ ?, रोजगारी सृजना गर्न सक्छ ? नयाँ ठुला उद्योग कलकारखाना खोल्न सक्छ ? वैदेशिक लगानी भित्र्याउन सक्छ ?
“यदी नेपाली नागरिकले तिरेर राज्यको ढुकुटीमा जम्मा भएको पैसालाई भागबण्डा गरेर देश चलाउने काम गर्छ भने जेनजी आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा नै हो “। “जेनजी आन्दोलन पछि बन्ने सरकारले नेपालमा नेपाली नागरिकलाई शिक्षा पुर्ण रुपले निशुल्क दिन सक्नुपर्छ, स्वास्थ्य उपचार पुर्ण रुपले निशुल्क दिन सक्नुपर्छ , नागरिकलाई खाना लाउन पुग्ने पारिश्रमिक सहित रोजगारी दिन सक्नुपर्छ, रोजगारी दिन नसके खाना लाउन पुग्ने बेरोजगार भत्ता दिन सक्नुपर्छ, अशक्त र जेष्ठ नागरिकलाई खान लाउन पुग्ने भत्ता दिन सक्नुपर्छ । होईन भने जेनजी आन्दोलन पछि बन्ने सरकारको कुनै अर्थ छैन । जेनजी आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ” । (क्रान्ति)