२०८२ असोज १४ काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा पार्टी दर्ताको लागि निवेदन दिएका हुन् ।

साम्पाङले दिएको पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगकाले जानकारी दिए छ। आयोगका अनुसार सबै मापदण्ड पूरा भएर कागजपत्र पूरा भएमा छिट्टै दल दर्ता हुने छ । साम्पाङले पेस गरेको दल दर्ताका लागि दिएको निवेदन स्वीकार गरिएको निर्वाचन आयोगले जानकारी दिएकोछ।

दल दर्ताको निवेदन निर्वाचन आयोगमा दर्ता गरेपछी साम्पङले भनेका छन राष्ट्रिय श्रन संस्कृति पार्टीको अरु पार्टीको जस्तो छुट्टै पार्टीको झण्डा नहुने र श्रम मिहिनेत गर्ने नेपाली नागरिक मात्रै पार्टी सदस्य रहन सक्ने, श्रम नगर्ने भाषण मात्रै गर्नेहरु पार्टीको सदस्य नहुने भएमा छानबिन गरेर हटाईने बताएका छन। (क्रान्ति)