२०८२ असोज १२ काठमाडौं । सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, सिडिओ अफिस, नगरपालिका, वडा कार्यलय, प्रहरी कार्यलय लगाएत विभिन्न सरकार कार्यलयहरु देश भर तोडफोड आगजनी गरेर विध्वंस मच्चाउने प्रती सुसिला कार्की नेतृत्वको सरकार तत्काललाई लचिलो देखिएको छ ।

जेनजी आन्दोलन सान्तिपुर्ण रहेको थियो। जेनजी समुहले आयोजना गरेको कार्यक्रम जेनजी समुहका लिडर भनाउनेले सान्तिपुर्ण कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौबाट अनुमती समेत लिएको बुझिएको छ। तर जेनजी समुहको सान्तिपुर्ण कार्यक्रममा विभिन्न स्वार्थी समूह प्रवेस गरेर आन्दोलन उत्तेजित बनाएर तोडफोड आगजनी गरेर देसभर विध्वंस मच्चकाएको जेनजी आन्दोलनको नेतृत्व गर्नेहरुले बताउने गरेको पाईन्छ।
देशमा तोडफोड आगजनी विध्वंस मच्किएपछी केही आन्दोलनकारीहरुको सहानुभूति बाट नेपालमा बनेको सुसिला कार्किको नेतृत्वको सरकारको गृह मन्त्रालयले एक प्रेस बिज्ञप्ती जारी गदै भनेको छ।

´जेनजी आन्दोलनको क्रममा मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न (जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग) गठन भएको कारण आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडी नबढाइने छ`। गृह मन्त्रालय बाट जारी बिज्ञप्तीमा उल्लेख भएका विवरण जस्ताको त्यस्तै:

´नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी जेन-जी (Gen-Z) पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भई आयोगले मिति २०८२ आश्विन ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ। आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यदिश रहेको हुँदा आयोगबाट सो कार्यदिश वमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ। तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडी नबढाइने तर गैर कानूनी रुपमा भएका र हुने गतिविधिमा कानून अनुसार कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ।

सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, सिडिओ अफिस, नगरपालिका, वडा कार्यलय, प्रहरी कार्यलय लगाएत विभिन्न सरकार कार्यलयहरु, विभिन्न व्यक्तिको निजि निवास ब्यापारी कम्प्लेक्स तोडफोड आगजनी गरेर विध्वंस मच्चाउनेहरुको फोटो अनुहार सामाजिक संजाल पत्रपत्रिकामा यत्रतत्र छरपस्ट सार्वजनिक भएको देखिन्छ। (क्रान्ति)