२०८२ असोज ११ काठमाडौं । शिक्षकलाई तलब दिन स्थानीय निकायले आनाकानी ढिला सुस्ती गरेको खुलासा भएको छ । अबदेखि शिक्षकहरुले नियम कानुन संगत पाउने तलव भत्ता दिन स्थानिय निकायाहरुले ढिलासुस्ती आनाकानी गरे कडा कारवाही गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चेतावनी दिदै तत्काल शिक्षकहरुको तलब भत्ता निकासा गर्न निर्देशन दिएका छन् ।
दशैं-तिहारमा पनि तलब निकासा नभएको शिक्षकहरु बाट गुनासो शिक्षा मन्त्री समक्ष गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पुनले भनेका छन ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने स्थानीय पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भनेका छन् ।
दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितीले ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, मन्त्री महाबिर पुनले चेतावनी दिएका छन् ।