२०७१ चैत्र ५ काठमाडौं ।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेवननमा तैनाथ श्री ईन्द्रध्वज गण (शान्ति सेना) ६५औँ डफ्फालाई बदली गर्नको लागि श्री सबुज गण (शान्ति सेना) ६६औँ डफ्फाका १९३ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी सुमन सिलवालको नेतृत्वमा चैत्र ०४ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ६५औँ डफ्फामा कार्यरत १९३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा आजै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेना समाचारले उल्लेख गरेको छ् ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.