२०८१ फागुन २४ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा फागुन २३ गते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ २४५१.५ किलो लागू औषध गाँजा प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रेस विज्ञप्ति उल्लेख भएको पुर्ण विवरण ´मिति २०८१।११।१९ गते बिहान अं. १०:०० बजेको समयमा जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. ०९ मलेठ स्थित राज नारायण साहको जग्गामा कम्पाउण्ड सहितको गोदाम घरमा गोप्य सूचनाको आधारमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालज्युको नेतृत्वमा सुरक्षाकर्मीहरुको सयुक्त टोलीले खानतलासी गर्दा प्लाष्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा अवैध लागू औषध गाँजा जस्तो देखिने पदार्थ ८० बोरा फेला परेकोमा तौल गर्ने डिजिटल तराजुमा एक एक गरी तौल गर्दा प्लाष्टिक र बोराहरु सहितको लागू औषध गाँजा जस्तो देखिने पदार्थको जम्मा तौल २४५१.५ किलोग्राम (दुई हजार चार सय एकाउन्न किलो पाँचसय ग्राम) रहेको र प्लाष्टिक र बोरा बाहेकको लागू औषध गाँजा जस्तो देखिने पदार्थको जम्मा तौल २४१९.५ किलोग्राम (दुई हजार चार सय उन्नाइस किलो पाँचसय ग्राम) बरामद गरी यस कार्यालयमा ल्याएकोमा उक्त गोदाम घरमा बस्दै आएका देश भारत विहार राज्य, जिल्ला मधुवनी, ग्राम पंचायत कुकुरदौरा वडा नं. १० छातापुर टोल बस्ने बर्ष ६६ को राम नारायण यादवलाई मिति २०८१।११।२१ गते दिउँसो अं. १६:०० बजेको समयमा सोही गोदाम घर अगाडी फेला पारी निजलाई जरुरी पक्राउ पूर्जी दिई पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट दिन ५ (पाँच) को म्याद थप भई अनुसन्धान कार्य भईरहेको।

पक्राउ परेका व्यक्तिको विवरण:-

१) देश भारत विहार राज्य, जिल्ला मधुवनी, ग्राम पंचायत कुकुरदौरा वडा नं. १० छातापुर टोल बस्ने बर्ष ६६ को राम नारायण यादव रहेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ`।

Warning
Warning
Warning
Warning

Warning.