२०८१ फागुन २१ काठमाडौ । यतिबेला नेपालको गाउँ खाली हुँदै गएको देखिन्छ । गाउँबाट सहरमा बसाई सराई गर्ने र सहरमा बस्ती बढ्दै गएको देखिन्छ। कारण नागरिकको दैनिक जिवनमा आबस्यक पर्ने भौत्तिक पुर्वाधार र सुविधा दिन सरकार असफल हुनुहो । गाउँ खाली हुने समस्या समाधान गर्न सरकारले निम्न अनुसारको काम गर्नुपर्ने देखिन्छ ।
नागरिक बिरामी भएको अबस्थामा बिरामीको अवस्था हेरेर एयर एम्बुलेन्स वा एम्बुलेन्स मार्फत सुविधा सम्पन्न अस्पताल वा जिल्लामै भएको अस्पतालमा लगेर उपचार गर्ने र बिरामी निको भएपछि बिरामिकै घरमा पुर्याउने काम सरकारले गर्नुपर्छ ।, मानिस मर्दा राष्ट्रिय संमान सहित दाहासंस्कार गर्ने गराउने काम सरकारले गर्नुपर्छ ।, बच्चा जन्मेको थाहा पाएपछि घरैमा जन्म दर्ता दिने व्यवस्था हुनुपर्छ ।, महिला घरमा सुत्केरी हुन नसकेको अवस्थामा राम्रो अस्पतालमा लगेर सुत्केरी गराउने काम सरकारले गर्नुपर्छ ।, मानिसको बस्तिमा जाने बाटो घाटो सके पक्की नसके हिउँद बर्षानै सवारी साधन चल्न सक्ने बनाउनु पर्छ । , नागरिक बस्ने घर भएको स्थानमा बिजुली बत्ती, खानेपानीको ब्यबस्था हुनुपर्छ ।, प्रत्येक वडामा मावी तहको स्कुल हुनुपर्छ । , सवै जिल्लामा एउटा् एयर एम्बुलेन्स हुनुपर्छ ।, प्रत्येक वडामा एउटा एम्बुलेन्स हुनुपर्छ ।, प्रत्येक वडामा सार्वजनिक सरकारी बस नियमित चलाउने काम गरिनुपर्छ ।
सरकार र सरकारको नेतृत्व गर्ने नेत्ताहरुको ईच्छा शक्ति जागर भए नेपालका ठुला उद्योगी ब्यापारी धनी मानिस सग सहकार्य गरेर अनि केही प्रतिसत अन्तर्राष्ट्रिय समुदाय सग सहायता रकम लिएर  नेपाल भित्र्याएर यी काम पूरा गर्न सकिन्छ। जनहितकारी जनलोककल्याणकारी यि काम गर्न सम्पुर्ण नेपाली नागरिक एकताबद्ध, एक ढिक्का भएर अगाडि बढौ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

(क्रान्ति)