७९ मंसिर ७ काठमाडौ, नेपाल ।
ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले निर्वाचन परिणामलाई औपचारिक रूपमा चुनौती दिन अदालतमा निवेदन दायर गर्नुभएको छ । बोल्सोनारोले गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला डा सिल्भाले झिनो मतान्तरले विजय हासिल गरेपछि निर्वाचन परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । नोभेम्बर २२ मा दायर गरिएको निवेदनमा बोल्सोनारो र उहाँको लिबरल पार्टीका नेताहरूले केही मतदान यन्त्रमा खराबी आएको दाबी गर्दै उनीहरूमार्फत खसेको मत खारेज गर्न माग गर्नुभएको थियो । चुनावको परिणामपछि बोल्सोनारोले राष्ट्रपति चुनावमा आफ्नो हारलाई अस्वीकार गर्दै आउनुभएको छ । यद्यपि, उहाँले संविधानका सबै प्रावधानहरूलाई मानेर अघि बढ्ने बताउनुभएको छ । सीएनएनको रिपोर्टअनुसार लेबर पार्टीले आफूले नियुक्त गरेको कम्पनीले गरेको विश्लेषणलाई उद्धृत गर्दै उक्त मत हटाउँदा बोल्सोनारोले चुनाव जित्ने दाबी गरेको छ । बोल्सोनारोको निवेदनको जवाफमा ब्राजिलका निर्वाचन अधिकारीहरूले पहिलो चरणको चुनावमा पनि सोही भोटिङ मेशिनको प्रयोग गरिएको बताएका छन् । सीएनएन ब्राजिलको रिपोर्टलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘निर्वाचन अधिकारीहरूले बोल्सोनारो र उहाँको पार्टीले आफ्नो उजुरीलाई परिमार्जन गर्न र कानुनी प्रक्रिया सुरु गर्न पहिलो चरणको निर्वाचनको परिणाम समावेश गर्नुपर्नेमा जोड दिएका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका मुख्य न्यायाधीश एलेक्जेन्डर मोरासले बोल्सोनारो र उनका निवेदकलाई आफ्नो उजुरी परिमार्जन गर्न २४ घण्टाको समय सीमा दिनुभएको छ। निर्वाचनमा लुइस इनासियो लुला डा सिल्भाले छ करोडभन्दा बढी मत प्राप्त गरेका थिए । ब्राजिलको इतिहासमा सबैभन्दा बढी हो । ब्राजिलको निर्वाचन अधिकारीका अनुसार लुइज इनासियो लुला डा सिल्भाले ५०.९० प्रतिशत मत प्राप्त गर्नुभएको छ भने बोल्सोनारोले ४९.१० प्रतिशत मत प्राप्त गर्नुभएको छ । सीएनएनको रिपोर्टअनुसार अक्टोबर ३० मा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “उनीहरूले मलाई जिउँदै गाड्ने प्रयास गरे र म यहाँ छु । लुइज इनासियो लुला डा सिल्भाले सन् २०२३ को जनवरी १ देखि देशको शासन गर्ने घोषणा गरेका छन् । उहाँ सन् २००३ देखि २०१० सम्म लगातार दुई कार्यकाल ब्राजिलको राष्ट्रपति हुनुभएको थियो । भ्रष्टाचारको आरोप लागेपछि उहाँले राष्ट्रपति चुनावमा पुनरागमन गर्दै ५८० दिनको जेल सजाय सुनाइएको थियो । तर अदालतले लुला डा सिल्भालाई दिइएको सजाय पछि खारेज गरिदिएको छ ।