२०८१ फागुन ५ काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अर्थमन्त्रीको जलनको घाउ क्रमिक रुपले निको हुँदै गएको अस्पतालले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

अर्का उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने अस्पताल श्रोतले जनाएको छ । मेयर उच्च रक्तचापको समस्या भएकाले केही दिन थप उपचार गर्नुपर्ने भएको छ ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर घाईते भएका थिए।

कीर्तिपर अस्पतालले आज प्रेस बिज्ञप्ति जारी गरेर अर्थमन्त्री बिष्णु पौडेल डिचार्ज गरेको छ । अस्पतालले जारी गरिएको प्रेस नोटमा भनिएको छ। “आज मिति २०८१ फाल्गुण ०५ गते सोमबार यस अस्पतालमा गत २ दिन देखि उपचार गराई रहनु भएका माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यू को स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराईन्छ । दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेललाई अस्पतालवाट डिस्चार्ज गर्ने निर्णय भएको छ। मेयर धनराज आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराईन्छ । साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ अस्पतालको प्रेस नोटमा उल्लेख छ” । (क्रान्ति)