२०८१ माघ २६ काठमाडौं । नेपाल प्रहरीले ७५ जना प्रहरी निरीक्षक इन्सपेन्कटर लाई प्रहरी नायव उपरीक्षक डीएसपी पदमा बढुवाका लागि सिफारिस गरेको सूची सार्वजनिक गरेको छ ।
२०८१ माघ २५ गते शुक्रबार बढुवा समितिको बैठकको निर्णय अनुसार ७५ जना इन्सपेक्टरहरूलाई डिएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालय द्वारा जारी गरिएको सूचनामा जनाएको छ ।
नेपाल प्रहरी जनपद समूहतर्फका इन्सपेक्टरहरु सोही समूहमा डीएसपीमा बढुवा गर्ने सिफारिस गरेको हो। प्रहरी श्रोतले जनाए अनुसार बढुवा लिस्टमा परेका प्रहरी ईन्सपेक्टर प्रती चित्त नबुझे प्रहरी भित्र आम्तरीक उजुरी गर्न सक्नेछन् । (क्रान्ति)