२०८१ माघ १५ काठमाडौ । वायु प्रदुषणको कारण बिश्वका सवै मानव जनसंख्या प्रभावित भएका छन । जस्को कारण मानिसको अकालमा मृत्यु भैईरहेको छ । मान्छेको आयु घटिरहेको छ । प्रदुषणको कारण मानिस रोगी जीवन बिताउन बाध्य बिवस छन । पेट्रोल डिजेलबाट चल्ने सवारी साधनबाट निस्कने दुषीत ग्यासको कारण पृथ्वीकै वायु दुषीत भएको छ भने पृथ्वीमा दिनप्रतिदिन तापक्रम बढीरहेकोछ । पृथ्वीको ईकोसिस्टमनै परिवर्तन भएर असन्तुलन भैईरहेको छ ।

नेपालमा पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधनको कारण नेपालको जलबायु परिवर्तन भएर तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जस्को कारण नेपाली नागरिक पनि रोगी भैईरहेकाछन, रोगी जीवन बिताउन बाध्य छन भने नेपाली नागरिक रोग लागेर अकालमा मरिरहेका छन। डिजेल पेट्रोलबाट चल्ने सवारी साधन मानिसको लागि मात्रै नभएर पृथ्वीका जीव जिवात्मा , जनावर र पृथ्वीकै लागी अपराधी राक्षसको अवतार भएको छ ।

यतिबेला डिजेल पेट्रोलबाट चल्ने सवारी साधन बिश्वका सवै मानिसको लागि चिन्ताको बिषय भएको छ । बिश्वका बैज्ञानिकहरुले डिजेल पेट्रोल बाट चल्ने सवारी साधनको विकल्प समेत खोजेर ब्याट्रीबाट, बिजुलि बत्तीबाट चल्ने बिधुतिय सवारी साधनको निर्माण गरिरहेका छन ।

नेपाल थोरै मात्रामा बिधुतिय सवारी साधन भित्रीसकेको छ । तर नेपालमा सरकारले बिधुतिय सवारी साधन आबस्यकता अनुसार नेपाल भित्र्याउन कम ध्यान दिएको देखिन्छ । नेपालमा अत्यधिक वायु प्रदुषण गराउने माध्यम पेट्रोल डिजेलबाट चल्ने सवारी साधन हुन । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई तत्काल प्रतिबन्ध लगाएर बिधुतिय सवारी साधन नेपाल भित्र्याउनु पर्ने बर्तमान नेपालको आबस्यकता हो ।

(क्रान्ति)