२०८१ माघ ९ काठमाडौं । नेपाली नागरिकहरुलाई नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ ब्यहोराको निर्देशन जारी गरेको हो ।
(क्रान्ति)