२०८१ कात्तिक २४ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा कोदोमा धेरै पाईने बिश्वका ठुला खाद्य बैज्ञानिकहरूले पत्ता लगाएका छन । नेपाल लगएत बिश्वका धेरै देशहरूमा कोदो बाट ढिडो, रोटी,पाउरोटी बिस्कुट लगाएत विभिन्न तरिका बाट मिठा मिठा खानका विभिन्न परिकार बनाईन्छ । नेपालमा कोदो कुहाएर रक्सी समेत बनाईन्छ। बिश्वको पाईने महँगो रक्सी रेडलेबल समेत कोदो बाट बनाईने गरेको खवर छ । नेपालका ठुला मुख्य सहर काठमाडौ , पोखरा जनकपुर लगाएत सहर बजारमा कोदोको ढिडो महँगो मुल्यमा बिक्रीवितरण भैईरहेछ छ । कोदोको ढिडो नेपालको राष्ट्रिय खानामा पर्दछ ।
तर कोदो खेती लाई अपहेलनाको दृष्टिले हेरिन्छ । कोदो खेती कम गरिन्छ । कोदो खेतीको लागी पानी मल कम भए पुग्दछ । कोदो भिरालो समथर बारि खेतमा गर्न सकिन्छ । नेपालको मध्य भूगोल क्षेत्रमा कोदो अत्यधिक हुने अध्यनले देखाएको छ । नेपालको बाझो लाखौं हेक्टर जमिन सदुपयोग गरेर बैज्ञानिक पद्धतिले कोदोलाई व्यबसायिक खेती गरिने हो भने लाखौं टन कोदो उत्पादन गर्न सकिन्छ । जुन कोदो स्वदेश भित्रै सदुपयोग गरेर खाद्य आयतमा अर्वौ नेपाली पैसा बिदेशीन वाट जोगाउन सकिन्छ । नभए बिदेश निर्यात गरेर अर्वौ रकम नेपालले कमाउन सक्छ । कोदो खेती हुने भूगोल नेपाल सरकारले पहिचान गरेर बाझो नराख्ने नीति नियम बनाएर कोदो खेती गरौं । कोदो खेतीलाई प्रोत्साहन गरौं । कोदो संकलन केन्द्र खोलौ । कोदो खेतीको पुर्ण बिमा सुविधा लागू गरौं । कोदो बिक्रीको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार खोजी गरौं । कोदो खेती लाई मल बीउ आधुनिक बैज्ञानिक मेसिन औजार दिलाऔं । बिदेशमा श्रम गर्न जाने युवा युवतीलाई कोदो खेती गर्न लगाऔं । कोदो खेती गर्ने श्रजिवी बर्गको पेन्सन सुविधाको व्यवस्था गरौं । कोदो लाई सरकारले नै लगानी गरेर बैज्ञानिक ढंगले कोदो खेती गरिने हो भने २०औं हजार रोजगारी पनि सृजना हुनेछ ।” पुन प्रकासित
(सम्पादकीय: नारायण क्रान्ति)