२०८१ कात्तिक २२ काठमाडौं ।अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए सगै अमेरिकी डलरको भाउ पनि बढेको छ। अमेरिकी डलरको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २२ गते बिहीबारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ १६ पैसा कायम भएको छ । खरिददर १३४ रुपैयाँ ५६ पैसा छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा र खरिद दर १७३ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।