२०८१ कात्तिक २२ काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना दिएका छन । छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्।

छठ पर्वका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपतिले ´समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन । सवै नेपाली नागरिक लाई छठ पर्वको शुभकामना दिएका छन।