२०८१ कात्तिक २२ काठमाडौं । आज सुर्यको उपासना गरी मनाइने छठ पर्वको दिन रहेको छ । ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी दूध पानी द्वारा अर्घ दिने गर्दछन् । आज रातभर नसुती जाग्राम बसेर भोलि बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

आज छठको मुख्य दिन भएकाले सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । काठमाडौ उपत्यकाको विभिन्न स्थान खोला नदी पोखरीको छेउमा ब्रतालुहरु भेला भएर छठ पर्व मनाईरहेका छन ।