२०८१ जेठ ३२ काठमाडौ । नेपाल सरकारको निर्णय अनुसार मीति २०८१ असार ३ गते ईस्लामहरुको महान पवित्र पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

आज जेठ ३२ गते गृहमन्त्रालयले एक सूचना सार्वजनिक गर्दै असार ३ गते सार्वजनिक  बिदा दिने निर्णय भएको जनाएको छ । ईस्लाम धर्मावलम्बीहरुले मनाउदै आएको महान पवित्र पर्व बक्र ईद (उल-अजहा) को उपलक्ष्यमा नेपाल सरकारले यो भन्दा पहिले पनि नेपालमा सार्वजनिक बिदा दिदै आएको छ ।