२०८० फागुन २८ काठमाडौं । अर्थमन्त्रीमा पुन बर्षमान पुनले जिम्मेवारी पाएपछि अर्थ मन्त्रालयले पुँजी बजारको नियामक निकायहरुसँग सेयर बजारको समृद्धिको लागि सुझाव मागेको छ । मन्त्रालले पत्र लेखेर अर्थ सेयर बजारको विकास र विस्तार समृद्धिको लागि गर्नुपर्ने कामका बारेमा सुझाव मागेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको निर्देशनअनुसार पत्र लेखिएको अर्थमन्त्रालय श्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको नाममा पत्र काटेको छ । पत्रमा ७ दिनभित्र कार्ययोजना सुझाव पेश गर्न निर्देशन उल्लेख छ । पुँजी बजारको विकास र विस्तारको लागि तत्काल के के गर्नु पर्ने हो र गर्नुपर्ने कामहरुको बारेमा सम्बन्धित सरोकारवालाको राय समेत लिई पत्र काटेको मिति देखि ७ दिनभित्र कार्ययोजना पेश गर्नु’ पत्रमा लेखिएको छ ।

अर्थमन्त्री पुनको निर्देशनमा हिजो अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश गर्न पत्र पठाएको श्रोतले जनाएको छ।