२०८० फागुन २७ काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि आबस्यक अनुसन्धान गर्ने कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको समाचार सार्वजनिक भएका छन् ।
गृहमन्त्री रवी लामिछानेको सचिवालय श्रोतले जनाए अनुसार, पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा जितेन्द्र पुन सुन तस्करीमा संलग्न भएको विभिन्न श्रोत बाट विभिन्न तथ्य र विवरणहरु बाहिरिएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको समाचार सार्वजनिक भएका छन ।