२०८० फागुन २ काठमाडौ । पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिए पछि सम्पत्ति शुद्धिकरण बिभागले लामिछानेले कहाँ कहाँ बाट ऋण लिएको छ सोको विवरण खोजबिन गर्ने भएको छ । 

प्रधानमन्त्रीको कार्यालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले रवि लामिछानेले लिएको ऋण सम्पत्ति छानबिन र खोजबिन शुरु गरेको पत्र प्राप्त भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन पत्र लेखेको छ ।