२०८० पौष १७ काठमाडौ । धनगढी उपमहानगरपालिकाले आउदो माघदेखि धनगढी नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राम लाल श्रेष्ठ ले सूचना जारी गर्दै माघ १ गते देखि नगर क्षेत्र भित्र सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१ ) मा ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) मा टेकेर ‘खाद्यपदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ’ भन्ने उल्लेख गर्दै आगामी माघ देखि सुर्तीजन्य पदार्थ पान पराग खैनी सुर्ती गुड्का र जाड रक्सी बिक्रीवितरणमा रोक लगाएको धनगढी उपमहानगरपालीकाले सूचना जारी गरेको छ ।