२०८० असोज ४ काठमाडौ । डाक्टर रण बहादुर चन्दको फेसबुक बाट सार्वजनिक लेख जस्ताको त्यस्तै:  ´अन्तरराष्ट्रिय बिमानस्थलमा सुरक्षा निकायहरुको पहुँच Departure र Arrival दुवै सेक्टरहरुमा हुनु नितान्त आवश्यक देखिन्छ । किनकि जाने यात्रुहरुले पनि कुनै प्रकारको अवैध सर सामानहरु बाहिर लैजान नपाउन र आउने यात्रीहरुले पनि कुनै प्रकारको अबैध सर सामान भित्र्याउन नपाउन यसका लागि सुरक्षा जाँच अति नै आवश्यक बिषय हो । त्रिभुवन बिमानस्थलमा प्रहरीलाई Departure Channel मा मात्रै चेक जाँचका लागि राखिएको छ । यात्रुहरु बाहिर जाँदा उनीहरुको सर सामान, ब्यागेज, र शरीरको तलासीको काम र कार्गो सेक्सनमा पनि बाहिर जाने सामानहरु चेक गर्न प्रहरीलाई जिम्मा दिएको देखिन्छ । तर बाहिरबाट आउने यात्रुहरु, र तिनले ल्याएका सर-सामान, ब्यागेज पनि शंका लागेमा वा अनिबार्य चेक गरिनु पर्थ्यो । कार्गो सेक्सनमा पनि आउने सामानलाई सुरक्षा जाँच गर्न प्रहरीलाई जिम्मा दिईनु पर्थ्यो त्यो चाँहि गरिएको छैन । त्यसमा भन्सारका कर्मचारीहरु Passenger/ Cargo Arrival Channel मा प्रहरीहरुलाई राख्नै चाहँदैनन ।

यो बिगत लामो समय देखि अर्थ मन्त्रालयको दवाब र अन्य सम्बन्धित मन्त्रालयका नेताहरुले थाहा नपाएझै गरिदिएको कारणले भएको हो । यस्तो किन गरिएको होला यहाँहरुले पनि अनुमान लगाउन सक्नु हुन्छ । यसलाई ब्यबस्थित गरि दिन म मन्त्रीहरु र सरकारी संयन्त्रलाई अनुरोध नगरी मिडियाका साथीहरुलाई अनुरोध गर्न चाहान्छु कि तपाँईहरु त्रिभुवन बिमानस्थल गएर सम्बन्धित सबैको Interview लिएर किन ति स्थानहरुमा सुरक्षाकर्मी नराखेको हो? यसको कारण के हो? के नेपालमा तस्करी गराउन कै लागि यी खुल्ला प्वालहरु राखिएका हुन ? शोधपुछ गरी नागरिक स्तरबाट ति स्थानहरुमा सुरक्षा संयन्त्र ब्यवस्थित गर्न अनुरोध गर्न चाहान्छु । यस बिषयमा सबैको चासो रहने बिश्वास छ ।