किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो ।
शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गर्नुभयो । सहिद पन्तको जीवनीसँगसम्बन्धित किताब र उहाँको पहलकदमी थालनी गरिएका कामा तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ ।
पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्टयाइएको थियो ।रासस