वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् ।
बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भन्नुभयो, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । उहाँ बेलारूसमा हुनुहुन्न ।”
मिन्स्कस्थित प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टालामो गोलमेच वार्तामा उहाँले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारूसका पत्रकारसँग कुराकानी गर्नुभएको थियो ।
लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुनुहुन्छ भन्ने कुरा आफूलाई ‘निश्चित रूपमा’ थाहा भएको बताउँदै भन्नुभयो, “मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ ।” क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारूस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारूसमा शिविर स्थापना नगरेको पनि उहाँले बताउनुभयो ।
लुकाशेन्कोले भन्नुभयो,“अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन ।”
उहाँले भन्नुभयो, “यो निर्णय उहाँको होइन, मस्कोको हो ।”
प्रिगोजिनले जुन २३ मा रूसको सैन्य नेतृत्वविरुद्ध विद्रोह सुरु गरेको घोषणा गर्नुभयो विद्रोहको घोषणासँगै राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दिँदै मस्कोतर्फ सशस्त्र टुकडी पठाउनुभएको थियो तर तत्कालै एक दुई दिनभित्र नै फिर्ता गर्नुभयो ।रासस