अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट प्रहरीले दुई जना लागुऔषध तस्करलाई पक्राउ गरी एक किलो हेरोइन बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले बुधबार जानकारी दिनुभएको छ ।

अभियानका क्रममा प्रहरीले मङ्गलबार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न प्रकारका अवैध लागुऔषध समेत बरामद गरेको र थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रवक्ताले जानकारी दिनुभयो ।

हेरात प्रान्तमा विगत चार दिनमा दोस्रो पटक अवैध लागूऔषध ओसारपसार गर्ने तस्करको प्रयासलाई प्रहरीले विफल पारेको छ ।

हेरात प्रान्तको प्रहरीले आइतबार छ जना लागुऔषध तस्करलाई पक्राउ गर्नुका साथै हेरोइन र अफिमलगायत ६ किलो अवैध लागूऔषध बरामद गरेको छ ।

अफगानिस्तानको कामचलाउ प्रशासनले अवैध बाली लगाउने र लागूऔषधसम्बन्धी अपराधनियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ ।रासस