कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गर्नुभएको छ ।
नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन समारोहमा उहाँले सो आग्रह गर्नु भएको हो ।
उहाँले शान्ति राष्ट्रिय विकासको सबैभन्दा महत्त्वपूर्ण शर्त हो भन्दै शान्ति कायम राख्न सेनाहरूले गरेको योगदानको प्रशंसा पनि गर्नु भएको छ ।
“म राष्ट्रिय एकतालाई सुदृढ पार्न र सबै शत्रुतालाई रोक्न सबै तहका स्थानीय अधिकारी, सम्बन्धित निकाय, एकाइ र जनतासँगको असल सहकार्यलाई निरन्तरता दिन ब्रिगेड ७० का कमाण्डर, उपकमाण्डर र सैनिकहरूलाई अपिल गर्न चाहन्छु । उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले आरसीएएफ विशेषगरी ब्रिगेड ७० सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षामा मात्र नभई सामाजिक–आर्थिक विकासमा पनि सहयोग गर्ने प्रमुख शक्ति भएको बताउनुभएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रले जुलाई २३ मा १२५ सिटको राष्ट्रिय सभाको लागि आम निर्वाचन गर्दैछ । राष्ट्रिय निर्वाचन समितिका अनुसार ९७ लाखभन्दा बढी कम्बोडियालीहरूले मतदानका निम्ति नाम दर्ता गराएका छन् । । रासस