गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ २४ गते बुधबारसम्म सञ्चालन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच उद्घाटन गर्नुभएको एकहप्ते प्रदर्शनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनको व्यवस्था मिलाइएको छ ।
विशिष्ट पदाधिकारी, नेपाली सम्पदा र संस्कृतिका क्षेत्रमा अभिरुचि राख्ने व्यक्तित्व र आमसर्वसाधारणबाट अवलोकन हुनेक्रम जारी रहेकाले थप एक हप्ता प्रदर्शनी सञ्चालन गर्नुपरेको रासस व्यवस्थापनले जनाएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री राम कार्की र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतका पदाधिकारीले प्रदर्शनी अवलोकन गर्नुभयो ।
यसैगरी राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यपे्रमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणले रुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, संवरद्धनमा सहयोग पु¥याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।रासस
