बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गर्नुभयो । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उहाँले यो व्यवसायनै छोड्नुभयो । उहाँले भन्नुभयो ,“अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री हुनै छोड्यो ।”
बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ–गाउँमा पुगरे व्यापार गर्ने उहाँ अहिले घरधन्दामै व्यस्त हुनुहुन्छ ।

एक दशक अगाडिसम्म बागलुङका बजार र ग्रामीण क्षेत्रमा माटाका भाँडा प्रसस्त पाइने भए पनि अहिले निकै कम भएको उहाँको भनाइ छ । यही व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटाका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्निुपरेको उहाँले बताउनुभयो ।

काठमाडौँ, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उहाँले व्यापार नभएपछि लाखौँको नोक्सान ब्यहोर्नुपरेको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गथ्र्यो, एकै पटकमा दुई÷तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे, सुरुको १० वर्ष राम्रो व्यापार भयो, घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो, खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे, अहिले छोराछोरी हुर्किए, उनीहरुले आफ्नो धन्दा गर्न छन्, म बुढो घरको काम गरेर बस्छु, माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडे ।रासस