दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते हुनुभएको छ ।
बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते हुनभएपछि उहाँलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो।
आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।रासस