Skip to content
Mon, Apr 20, 2026 / 07:58 AM / २०८३, बैशाख ७, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

By हेमन्त खबर संवाददाता|2023-05-22T20:05:54+05:45May 22, 2023|Categories: News|

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको राससलाई जानकारी दिनुभयो । उहाँले सरकारी वकिलको कार्यालयले प्रतिवेदनमा थपघट पनि गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धानको पाटो बाँकी नै रहने र त्यसतर्फ पनि मुद्दा आकर्षित हुनसक्ने उल्लेख गर्नुभयो । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीलगायतका १६ जना पक्राउ परेका छन् । उहाँले थप १६÷१७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय पनि दिइएको जानकारी दिनुभयो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन हेरेर अभियोजनको पाटो अघि बढ्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिनुभयो । शरणार्थी प्रकरणमा एक सय १३ जना पीडितले रु २७ करोड बढी ठगी भएको भनी उजुरी दिएका छन् । उक्त घटनामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । सो प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरु फरार छन् ।रासस

Share this:

  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading...
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨40.3914down
Australian Dollar 
Australian Dollar
₨106.0216up
Swiss Franc 
Swiss Franc
₨189.4409up
Euro 
Euro
₨174.3256up
British Pound 
British Pound
₨200.1145up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.933up
Qatari Rial 
Qatari Rial
₨40.752down
Saudi Riyal 
Saudi Riyal
₨39.5566down
Singapore Dollar 
Singapore Dollar
₨116.5275down
US Dollar 
US Dollar
₨148.3373down
20 Apr · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 20 Apr 2026 01:40 UTC
Latest change: 20 Apr 2026 01:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top