७९ कात्तिक २८ काठमाडौ  ।

यतिबेला नेपाल पुरै चुनावीमय भएको छ । चुनावी अभियानमा आफ्नो पक्षमा भोट माग्न सवै दलका उमेदवारहरू, नेत्ताहरू कार्यकर्ताहरू चुनाव प्रचारप्रसार कार्यक्रममा ब्यस्त छन ।

यता जनसमाजवादी पार्टी र मातृभुमी अभियानका अभियान्ता डाक्टर रण बहादुर चन्द सवै नेपालीहरूलाई रोजगारी अनिवार्य दिने, नेपालीहरूको बार्षिक आम्दानी पचास हजार डलर पुर्याउने, नेपाल बाट भ्रष्टाचार अत्यन्त गर्ने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउने, स्वाधीनता र रास्ट्रीयताको मुलमन्त्रको नारा सहित चुनावी अभियानमा होमिएका छन ।

जनसमाजावादी पार्टीले तारा चिन्ह लिएर चुनावी अभियान सुरु गरिरहेको छ भने मातृभुमी बचाऔं अभियानका मातृभुमी अभियानका अभियान्ता तथा कार्यकारी प्रमुख बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्द धनगढी, डोटी, सिन्धुली, रामेछाप, दोलखा, झापा, मोरङ, अछाम, सोलु , खोटाङ , काठमाडौ ललितपुर, भक्तपुर  लगाएत विभिन्न जिल्लाका स्थानीय पत्रकार, बौद्धिक समाज, ब्यापारी, उद्योगी, कलाकार, डाक्टर, शिक्षकहरू सग भेटघाट प्रशिक्षण कार्यक्रममा ब्यस्त छन । डाक्टर चन्दले तारा चिन्हमा भोट हाल्न जनतालाई जागरुक बनाउदै चुनावी अभियानका कार्यक्रम लिएर देश दौडाहामा रहेका छन ।

आज कात्तिक २८ गते डाक्टर चन्दले  घनगढीका बुद्दिजीवीहरू, पत्रकार र सर्वसाधारण जनता सग आह्वान गर्दै तारा चिन्हको पक्षमा जनमत तयार पार्न भेटघाट गरेका छन।

धनगढीमा आयोजित भेटघाट कार्यक्रम सप्पन्न गरेपछि डाक्टर चन्द भन्नुहुन्छ धनगढीमा तारा चिन्हले नपत्याउने तरिकाले अत्यघिक भोट पाउनेछ । डाक्टर चन्दको भनाईमा  धनगढीका स्थानीय पत्रकारहरू आमसर्वसाधारण जनताहरूले यसरी भन्छन् यो चुनावमा तारा चिन्हले जित हार जे ब्यहोरे पनि धनगढी बासीले तारा चिन्ह मै धेरै भन्दा धेरै भोट हाल्नेछन भन्ने बिश्वास व्यक्त गरे।

डाक्टर रण बहादुर चन्दको भेटघाटको तस्बिर