युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ।
“शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन्। हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन,” उप रक्षामन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् । यसै गरि टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै
टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको बताएको छ।
टर्कीका रक्षामन्त्री हुलुसी अकारले विज्ञप्ति जारी गर्दै भनेका छन् – “हामी अनाज सम्झौताको विस्तारमा सम्झौतातर्फ अघि बढिरहेका छौं।”
युक्रेनमा जारी द्वन्द्वले युरोपमा खाद्यान्न सङ्कट निम्त्याको छ भने त्यसको परोक्ष असर विश्वभरि नै देखिएको छ ।रासस