नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा धेरै सुधार भएको छ ।

नेपाल् मा उपचार संभव नबएपछी भारत लगिएको थियो । भारतको नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा धेरै भन्दा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेल भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ ।

राष्ट्रपतीको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्”, विज्ञप्तिमा उल्लेख छ ।