पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।

लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ । ‘फौजी कीरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण कीराको प्रभाव नदेखिएको उहाँको भनाइ छ ।

“यस वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ”, उहाँले भन्नुभयो–“अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।”

गोरखामा २०७७ सालमा अमेरिकन फौजी कीराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो । उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताउनुभयो । पछिल्लो समय पर्वतमा यसको जोखिम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आइपिएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् ।

मकै बालीमा फौजी कीराको प्रकोप
पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।

लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ । ‘फौजी कीरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण कीराको प्रभाव नदेखिएको उहाँको भनाइ छ ।

“यस वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ”, उहाँले भन्नुभयो–“अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।”

गोरखामा २०७७ सालमा अमेरिकन फौजी कीराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो । उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताउनुभयो । पछिल्लो समय पर्वतमा यसको जोखिम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आइपिएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् । रासस