राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको नीतिविरुद्ध शान्तिपूर्ण आन्दोलनको खाका सार्वजनिक गरेका छन् । राजधानी केन्द्रित सडक आन्दोलनको रुट तय गर्दै आविष्कारक महाबिर पुनले आन्दोलनमा होमिन सम्पूर्ण युवा, विद्यार्थी श्रमजीवीलाई आह्वान गरेका छन् ।
स्वदेशी उत्पादन तथा आविष्कारलाई सरकारले कानुनी अड्चन देखाएर हैरानी दिएको भन्दै महाबिर पुन आक्रोशित छन् । पछिल्लो पटक स्वदेशी उत्पादन यात्रीलाई कानुनी प्रावधान देखाएर सरकारले दर्ता (नम्बर प्लेट) नदिएको समाचार बाहिरिए सँगै महाबिर पुन थप आक्रोशित भएका छन् ।
महाबिर पुनले यो वा त्यो बहानामा स्वदेशी उत्पादनलाई हतोत्साहित गर्ने राज्य विरुद्ध कडा जन-आन्दोलनमा उत्रिन सार्वजनिक आह्वान गरेका छन् ।
यस्तो छ आन्दोलनको खाका :-
आन्दोलन गर्ने स्थान र धर्ना बस्नेहरुले निस्चित नियम पालना गर्नुपर्ने छ , अनुसन्धान, नवप्रवर्तन र आविष्कारको प्रबर्धनको लागि अति आवश्यक नीति नियम बनाउन र आवश्यक कदम चाल्न नेपाल सरकारलाई ठोस मागसहित आन्दोलन सुरु गर्दा कुन सडकमा र कसरी धर्ना बस्ने भन्ने खाका प्रस्ताव गरिएको छ । तर आन्दोलन गर्ने मिति तोकिएको छैन तर यहि हप्ताभित्र हुनेछ ।
१.आन्दोलन गर्ने अघिल्लो दिन प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री लगायत सबै मन्त्रीज्यूहरुलाई मन्त्रालयमा नै गएर मागपत्र दर्ता गराइने छ । २.अबिभाबकहरु , बिद्यार्थीहरु र युबाहरुले शान्तिपुर्ण सामाजिक आन्दोलनको तयारी आफ्नै हिसाबले गर्न सुरु गर्न सक्ने बताएका छन् । थप: जानकारी न्यूक्लियस रिभोलुसन जर्नल ………….. स्वदेशी उत्पादन यात्रीलाई कानुनी प्रावधान देखाएर सरकारले दर्ता (नम्बर प्लेट) नदिएको र यो वा त्यो बहानामा स्वदेशी उत्पादनलाई हतोत्साहित गर्ने राज्य विरुद्ध कडा जन-आन्दोलनमा उत्रिन आविष्कारक महाबिर पुनले आन्दोलनको आह्वान गरे लगत्तै देश बिदेशमा छरिएर रहेका न्यूक्लियस सदस्यबाट उक्त आन्दोलनमा समर्थन जनाउदै ७२ घन्टा भित्र उक्त मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुका साथै सरकारले समयसीमा भित्र मार्ग प्रसस्त नगरे अन्तिम जनतान्त्रिक लडाइँ सुरु गर्ने चेतावनी समेत दिएको छ ! (श्रोत:-अधिवक्ता अनन्तदेव पराजुली)