०७ वैशाख, कर्णाली ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्नुभएको थियो ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको हो । गत चैत २५ गते नेकपा ९एमाले०का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो ।

योजनामन्त्री सिंह जाजरकोट प्रदेशसभा ९१० उद्योगमन्त्री विसी, दैलेख क्षेत्र नं १ ९१० र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १ ९१० र ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । स्राेत रासस