२०८० बैशाख ३ काठमाडौ । मानव अधिकार तथा न्याय केन्द्रका महासचीव तथा अधिवक्ता राधेश्याम मण्डल द्वारा पत्रकार सग भेटघाट गर्दै नेपालमा नेपाली जनताले न्यायलय लाई आशा भरोसाको रुपमा एक मन्दिरको रुपमा अदालत लाई मानेका छन तर अदालतले गर्ने काम र दिने सेवा बाट जनता सन्तुष्ट नभएको बताउछन् । उहाँ भन्नुहुन्छ न्यायलय भित्र बेथिति धेरै रहेकाछन् । न्यायलयको काम बाट म कानुन व्यावसायि त सन्तुष्ट छुईन । जनता कसरी संतुष्ट भएका होलान् र ? भन्नुहुन्छ। न्यायलय भित्र हुने बेथिति, बिकृती, बिसंगती विरुद्ध सवै मिलेर शुद्धीकरण अभियान सुरु गर्नु पर्ने जरुरी भएको अधिवक्ता राधेश्याम मण्डल बताउछन् । तर शुद्धीकरण भनेको के हो त भन्ने पत्रकारको जिज्ञासा्मा बताउन चाहेनन् ।