मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
प्रदेश प्रहरी अस्पतालको ल्याबबाट सिबीसी, एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, युरिन आर÷इ, स्टुल आर÷इ, युरिक एसिड, सोडियम, पोटासियम र सेरोलोजीलगायतका परीक्षण गरिने भएको छ ।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्यामकुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।रासस
