२०८० बैशाख १ काठमाडौ । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको नीति नियम कानुन अनुसार सरकारी कार्यलय वरिपरि सुर्तीजन्य पदार्थ चुरोट खैनि बिडी गुटका पान पराग सुपारी बेच्न पाईदैन । तर केही ब्यापारीहरूले सरकारी कार्यलय वरिपरि चिया पसल , होटल किराना पसल संचालन गर्दै सुर्तीजन्य पदार्थ चुरोट, खैनि, गुटका,, पान, पराग, खुलमखुल्ला बिक्रीबितरण गरिरहेको देखिन्छ । नगरपालिका, महानगर भित्र विशेष गरि धेरै पाईएको छ । अझ भन्नू पर्दा नेपालको राजधानी त्यो पनि प्रधानमन्त्रीको कार्यलय रहेको काठमाडौको सिंहदरबार वरिपरि रहेका जिल्ला प्रसासन, जिल्ला अदालत, लगाएत सरकारी कार्यलय वरिपरि संचालित चिया पसल, होटल, किराना पसल बाट खुलम खुल्ला सुर्तीजन्य पदार्थ बिक्रीबितरण गरेको देखिन्छ ।

यो क्रम देशका प्राय धेरै सरकारी कार्यलय वरिपरि रहेको देखिन्छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा सरकारले निषेध गरेको छ । नगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगर र नगरपालिकाको प्रमुख जिम्मेवारी हो । विद्यालय, स्वास्थ्य संस्था, महानगर र महानगरसँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्था, बसपार्क र बसमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन । ब्यापारीले सरकारी नियम कानुन उल्लंघन गर्दै सरकारी कार्यलयको वरिपरि सुर्तीजन्य पदार्थ खुलमखुल्ला बिक्रीबितरण गरिरहेका छन । कति ब्यापारीले त चुरोट खैनी सुर्ती, पान, पराग, गुट्का, सुपारी आफ्नो चिया पसलमा नराखे चिया पसलनै नचल्ने गुनासो गर्छन ।