ब्रfजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्राजिल फर्केको’ बताउनुभएको छ ।
बुधबार राति साङ्घाई आइपुगेका अनुभवी वामपन्थी नेता लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको नेतृत्वमा चार वर्षको सापेक्षिक अलगावपछि ब्राजिललाई एक प्रमुख वैश्विक खेलाडीको रूपमा पुनः स्थापित गर्न खोजिरहनुभएको छ ।
ब्रिक्स नयाँ विकास बैंक ९एनडीबी० को अध्यक्षका रूपमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफको उद्घाटन समारोहमा लुलाले भन्नुभयो, “ब्राजिल विश्वका ठूला निर्णयहरूमा अब धेरै समय अनुपस्थित रहनुपर्ने छैन ।
“हामी एक अकल्पनीय अनुपस्थितिपछि अन्तर्राष्ट्रिय मञ्चमा फर्केका छौं,” उहाँले भन्नुभयो ।
लुलाले बिहीबार साङ्घाईमा बिताएर आफ्ना समकक्षी सी जिनपिङलाई भेट्न चीनको राजधानी जानुहुनेछ ।
चीन र ब्राजिल दुवैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अति घनिष्ठ रहेको पश्चिमा चिन्ताका बावजुद द्वन्द्वमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् ।
लुलाको भ्रमणको साङ्घाई चरणले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमणको अर्को प्रमुख लक्ष्यलाई उजागर गरेको छ ।
चीन ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार हो, जसले अर्बौं डलरको भटमास, गाइको मासु र फलामको कच्चा पदार्थ ९आइरान ओर० खरिद गर्दछ ।
ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाले संयुक्त रुपमा स्थापना गरेको बहुपक्षीय ऋणदाता एनडीबीको नेतृत्व ब्राजिलका रूसेफले सन् २०२५ सम्म गर्नुहुनेछ । रासस